बेलडाँडीमा (कार्तिक ७) देखि खुला भलिबल प्रतियोगिता

महेन्द्रनगर । शुभ दिपावलीको अवसर पारेर कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिका-१ सिद्धचोकमा खुला भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले विगतका बर्षहरुझै यस बर्षपनि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।

अध्यक्ष विष्टले ग्रामिण क्षेत्रको खेलकुद विकास र खेलाडी उत्पादनका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताका लागि आवश्यक तयारी भईरहेको प्रगति एकता समाजका अध्यक्ष विष्टले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३५, दोस्रो टिमलाई २५ र तेस्रो टिमलाई ११ हजार नगद सहित ट्रफि प्रदान गरिनेछ ।

ताजा समाचार