लागूऔषध किन्न बैतडीबाट जिप ल्याएर बेलौरी आएका तीन युवा प्रहरीको फन्दामा

महेन्द्रनगर। बेलौरी नगरपालिका–६ स्थित महाकाली माध्यमिक विद्यालयको अगाडिबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

शनिबार राति इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीको कमाण्डमा खटिएको गस्ती टोलिले ५४ दशमलव ८ ग्राम खैरोहेरोइनसहित तीन जनालाई पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द, सोही ठाउँका ३३ वर्षीय रमेशसिंह भण्डारी र ४० वर्षीय प्रकाश भण्डारी रहेको प्रहरीले जानकारी दिएका छन्।

उनीहरु लागूऔषध खरिद गर्नका लागि सु.प.प्र.०१–००१ज १२८२ नम्बरको जिप लिएर बेलौरी आएको खुलेको छ।

‘चन्दले चलाएको जिप शंकास्पद रुपमा पचुईबाट बेलौरीतर्फ आउदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा चालक बस्ने सिटको अगाडी क्लज प्लेटको तल बिछ्याई राखेको म्याट्रेसभित्र प्लाष्टिकको थैलोमा लुकाई राखेको खैरो हेरोइन बरामद गरिएको हो,’ प्रहरी निरीक्षक भण्डारीले भने।

तीनै जनालाई नियन्त्रणमा लिएर कानून बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार