स्थानीय तहमा अपाङ्गता समावेशी अभिमुखिकरण कार्यक्रम

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा स्थानीय तहमा अपाङ्गता समावेशी सम्बन्धित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

सोमबार महेन्द्रनगर स्थित कलश होटेलमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्बन जीवन पद्धति केन्द्र ,काठमाडौको आयोजनामा सुदूरपश्चिम समावेशी अपांगता संघ भीमदत्त -१८ महेन्द्रनगरको समन्वयमा स्थानीय सरकारका जनप्रतिनिधिहरु सँग स्थानीय तहमा अपाङ्गता समावेशी विकास अभिमुखीकरण तथा छलफल कार्यक्रम गरिएको हो।

जिल्लाका अपाङ्गता हक अधिकारका लागि वकालत गर्ने संघसंस्था प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा भीमदत्त नगरपालिका अन्तर्गत रहेका सम्पुर्ण वडाका वडा अध्यक्ष हरु संग लाई एक दिने अभिमुखिकरण तथा छलफल कार्यक्रममा सिआईएल काठमाडौका केन्द्रिय महासचिव गणेश के सि ले प्रस्तुतीकरण तथा प्रशिक्षण दिनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिका वडा न.४ वडा अध्यक्ष सुशील भट्टले कार्यक्रम बोल्दै अपाङ्गता भएका व्यक्तिहरु को हक अधिकार सुनिश्चितता का लागि सधै आफू र आफ्नो वडा कार्यालय, नगरपालिका सधै अग्रसर रहनेछन् ।

वडा अध्यक्ष भट्टले भने। कार्यक्रमका सभापति सुदूरपश्चिम अपाङ्ग महासंघका निवर्तमान अध्यक्ष उपेन्द्र खडायत अभिमुखिकरण बाट नवनिर्वाचित वडा अध्यक्ष हरुले नेपाल सरकारको मापदण्ड अनुसार भौतिक संरचना निर्माण गर्दा अपाङ्ग मैत्रीपूर्ण बनाउनमा सबैको ध्यानाकर्षण होस् र आगामी दिनमा सेवा प्रवाह , अपाङ्गता भएका व्यक्तिलाई सम्बोधन गर्दा साथै जीवन पद्धतिका सिद्धान्तहरुको कार्यान्वयनमा स्थानीय सरकार र अपाङ्गता भएका व्यक्तिहरुका बिचमा मध्यस्थको रुपमा स्वावलम्बन जीवन पद्धती केन्द्रहरुको स्थापन तथा सुदृढीकरण गर्नु पर्ने बताउनु भयो।

उनले उपस्थित सम्पुर्ण लाई धन्यवाद समेत दिनु भयो। उनले स्थानीय सरकारका नवनिर्वाचित जनप्रतिनिधिहरु संग स्थानीय तहमा अपाङ्गता समावेशीकरण बिकास अभिमुखीकरण तथा छलफल कार्यक्रमको आयोजना पहिलो चोटि गरिएको बताए।

अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्न वडा देखि नै सेवामा समावेशीकरण गर्नु पर्ने र आगामी दिनमा स्थानीय तहमा निर्माण हुने सम्पुर्ण भौतिक संरचना अपाङ्ग मैत्रीपूर्ण हुनु पर्ने सहभागीले बताए । यसमा सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो।

ताजा समाचार