प्रधानमन्त्री देउवा ४ दिन डडेल्धुरामा, ७ ठाउँको चुनावी सभालाई सम्बोधन गर्ने

महेन्द्रनगर। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चार दिन गुह जिल्ला डडेल्धुरामा चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

सार्वजनिक तालिका अनुसार १७ गते अमरगढी बसपार्कमा आयोजित सभालाई देउवाले सम्बोधन गर्नेछन्।

१८ गते नवदुर्गा र गन्यापधुरा, १९ गते अजयमेरु र भागेश्वर तथा २० गते आलिताल र परशुराममा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

ताजा समाचार