सरकारी खर्चमा डडेल्धुरा जान खोजेपछि आयोगले रोक्यो देउवाको यात्रा

महेन्द्रनगर। निर्वाचन आयोगले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरा यात्रामा रोक लगाएको छ।

सरकारी खर्चमा निर्वाचन प्रचारका लागि गृहजिल्ला जाने तयारीमा रहेका देउवालाई आयोगले अनुमति नदिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो । उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न÷नगराउन निर्देशन दिने निर्णय गरेको जनाएको छ।

सरकारी कामका लागि नभई प्रचारप्रसारकै लागि जान खोजेकोले अनुमति दिन नसक्ने निर्णय आयोगले गरेको स्रोतले बतायो।

आयोगले यसअघि प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र प्रचारमा जान नदिने भनी आचारसंहितामा व्यवस्था गरेको थियो।

प्रधानमन्त्री देउवा ४ दिन गृहजिल्ला बस्ने कार्यक्रम यसअघि नै तय भएको थियो। उनले ७ ठाउँको चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने गरी व्यवस्थापन मिलाइएको थियो।

ताजा समाचार