कञ्चनपुरमा यी ३ सांसदका ५ वर्षः बाचा गरेका योजनामा सिन्को भाँचिएन

महेन्द्रनगर । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिए संगै यतिबेला नेताहरु जनता रिझाउन घरदैलो अभियानमा व्यस्त छन् ।

तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा पनि अहिले चुनावको रौनकता छाएको छ । जिल्लाका तीनवटै क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धन र राप्रपा–एमाले बिचनै मुख्य प्रतिस्प्रधा हुने चर्चा भइरहेको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा वाम–लोकतान्त्रिक गठबन्धनले माओवादी केन्द्रकी विना मगर र नेकपा एमालेले तारालामा तामाङलाई उम्मेद्धवार बनाएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनबाट नेपाली काँग्रेसका एनपी साउँद, नेकपा एमालेबाट नर बहादुर धामी,क्षेत्र नं. ३ मा गठबन्धनबाट काँग्रेसका रमेश लेखक र एमाले–राप्रपाबाट एमालेकी निरु देवि पाल चुनावी मैदानमा छन् ।

यी मध्ये निर्वाचन क्षेत्र नं. १ का उम्मेद्धवार मगर,२ का उम्मेद्धवार धामी र ३ का उम्मेद्धवार पाल बहालवाला सांसद हुन् । २०७४ सालको तत्कालिन बामगठबन्धनबाट विजयी धामी र मगर प्रत्यक्ष र पाल समानुपातिकका रुपमा उम्मेद्धवार रहेका थिए ।

अहिले पुनः मतमाग्न जनताको घरदैलोमा हिडेका बहालवाला सांसद मगर, धामी र पालले ५ वर्षअघि चुनाव लड्दा जनतासामु प्रस्तुत गरेका प्रतिवद्धता कति पुरा गरे ? भन्ने प्रश्न उठिरहेको छ ।

पाँच वर्ष अघि कञ्चनपुरको समग्र विकास तथा महाकाली अस्पताललाई टिचिङ अस्पताल बनाउने, मझगाउँ विमानस्थल सञ्चालन, मलखाध कारखाना स्थापना गर्ने, अव्यवस्थित बसोवासको समस्या समाधान, लालपूर्जा उपलब्ध गराउने, सीमा विवाद समाधान गर्ने, यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, बाढीको समस्या समाधान गर्ने लगाएतका बाचा गरेर विजयी हासिल गरेका मगर, धामी र पालले प्राय योजनाहरुमा सिन्को समेत भाच्न सकेनन् ।

जिल्लामा न त विमानस्थल सञ्चालन भएको छ, न त मलखाध कारखाना स्थापना भएको छ, न त जनताले लालपूर्जा पाएका छन्, न महाकाली अस्पताल टिचिङ अस्पतालको रुपमा विकास भएको छ ।

यस्तै शिक्षा, यातायात, सडक, बाढी, सीमा विवाद लगाएतका समस्या समेत यथावत नै छन् । यसअघि विभिन्न बाँचा गरेर विजयी भएका धामी,पाल र मगर पुनः प्रतिनिधि सभा सदस्य हुने दाउमा छन् भने साँउद र लेखक हारको बदला लिने दाउमा छन् ।

ताजा समाचार