बडूलाई ओलीले , काठमाडौँमै बस्न सुझाव दिए

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता दिलेन्द्र बडूलाई काठमाडौंमै बस्न सुझाव दिएका छन्।

शुक्रबार दार्चुलामा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्दै उनले कटाक्ष गरे, ‘यहाँ दिलेन्द्र बडूजी उम्मेदवार हुनुहुन्छ कि क्या हो। अब यो सभा देखेपछि उहाँले काठमाडौंमै बसे हुन्छ।

यता दुःख नगरे हुन्छ। दिलेन्द्रजी तपाई मन्त्री भएर गर्नु के भयो? कालापानीको ‘क’ भन्ने आँट गर्नुभयो ?’ओलीले बडूलाई काठमाडौँ हुँदा दार्चुला सम्झिनुभयो भनेर प्रश्न समेत गरे। ‘

भोट चाहिएको बेला बाहेक उहाँले दार्चुला सम्झिनुहुन्न,’ ओलीले भने।

ताजा समाचार