ओलीले भने,एमसीसी एमालेले पास गरेको होइन गठबन्धन सरकारले गरे

महेन्द्रनगर। एमाले कञ्चनपुरले आज महेन्द्रनगरको खुलामञ्चमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै विकास र समृद्धिका लागि नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको उनको भनाइ रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनसँग कुनै पनि नीति, योजना र उद्धेश्य नभएको बताउदै ‘यो काले काले मिलेर खाउँ भाले’ जस्तो भएको बताएका छन् ।

मंसिर ४ पछि गठबन्धन भत्किन्छ,’ एमालेको चुनावी सभामा अध्यक्ष ओलीले भने, ‘गठबन्धनका रहेका नेताको ६तिर मुख फर्किएको छ’ उनले भने, ‘यसले जनअपेक्षा अनुरुप काम गर्न नै सकेको छैन ।

अध्यक्ष ओलीले चुनावपछि एमालेको बहुमतको सरकार बन्ने र त्यसले सबै विद्यमान समस्या हटाउने उल्लेख गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र एमालेका पूर्व अध्यक्ष माधव कुमार नेपाल सहितलाई संकेत गर्दै कटाक्ष गरेका छन् ।

उनले भने,‘प्रचण्डले आफ्ना मान्छेका लागि सेटिङ्ग गरे, देउवाले गेटा मेडिकल कलेज डडेल्धुराको तुफान डाँडा लगे अनि क्षेत्र ३ बाट बाम गठबन्धनका उम्मेदवार रमेश लेखकले एमाले पोलिट्ब्यूरो सदस्य निरुदेवी पाललाई चिनेनन् ।

’दोधारा चाँदनीमा दुई बर्ष भित्रै महाकाली सिँचाईका १० क्युसेक पानी पु¥याउने, पश्चिमसेती, पञ्चेश्वर, दैजी औद्योगिक क्षेत्र अघि बढाउने, महाकाली पुल, तेस्रो चरण, करिडोर लगायतका विकास निर्माणका काम अघि बढाउने उनले बताए ।

सुदूरपश्चिम विश्वविद्यालय र गेटा मेडिकल कलेज अघि बढाईने ओलीको दावि छ । एमसीसी एमालेले एमालेले पास नगरेको बताउँदै ओलीले गठबन्धन सरकारले गरेको बताए ।

ताजा समाचार