कञ्चनपुरलाई ललिपप देखाएर गए ओली

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले बहुमत ल्याए मात्रै देशमा विकास, राष्ट्रियता, सुशासनको अभियान चल्ने बताए ।

शुक्रवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यसो भनेका हुन् । ‘देश विकास, राष्ट्रियता, सुशासन, जनता, भष्ट्राचार अन्त्यका लागि यो पटक एमालेले एक्लै बहुमत ल्याउन परेको छ ।’ कार्यक्रममा उनले भने ‘एमालेले बहुमत ल्याए मात्रै यो देशमा विकास, राष्ट्रियता र सुशासनको अभियान चल्छ ।’

यस्तै उनले दोधारा चाँदनीमा सिचाँईका लागि २ वर्ष भित्र १० क्यूमेक्स पानी आउँने, गेटा मेडिकल कलेज, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विकास, पञ्चेश्वर आयोजना, महाकाली करिडोर,दैजी छेला औद्योगिक क्षेत्र निर्माण लगाएतका काम गर्ने आश्वासन दिए ।

२०७४ को निर्वाचनमा पनि यीनै आश्वासन दिएर कञ्चनपुरमा एमालेका उम्मेद्धवार विजयी भए । उता ओली नेतृत्वमा सरकार बन्यो । यद्यपी उनले आफ्नो सरकार ५ वर्ष चलाउन सकेनन् ।

दुईपटक संसद विघटन गरेर आफ्नो सरकार आफै ढालेका ओलीले आफ्नो झण्डै ३ वर्षे कार्यकालमा दोधारा चाँदनीमा सिचाँईका लागि १० क्यूमेक्स पानी ल्याउने,महाकाली करिडोर, विश्वविद्यालयको विकास,पञ्चेश्वर आयोजनाका कुरा कहि उठाएनन् ।

हतार हतारमा ओलीलेखबाट शिलान्यास गरेको छेला औद्योगिक क्षेत्रको काम समेत अगाडी बढ्न सकेको छैन । यस्तै उनले महाकाली चार लेनको पुल समेत आफुले निर्माण गरेको दावि गरे । उद्यपी दोधारा चाँदनी जोड्ने उक्त महाकालीको चार लेनको पुलको शिलान्यास २०७४ भदौँ १५ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए ।

२०७४ सालको निर्वाचनमा दिएका आश्वासन आफु प्रधानमन्त्री हुदा विर्सिएका ओलीले शुक्रबार पुनः उनै आश्वासन दिएर गएका छन् ।

ताजा समाचार