कैलालीमा डोजरको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर । कैलालीमा डोजरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
शुक्रबार कैलालीको भीमदत्त राजमार्गस्थीत फल्टुडेमा डोजरले पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।


सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुपप्र०१–००१क२०४५ नम्बरको जेसीबीले डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ मेलखोलाका रुपेश विकको मृत्यु भएको हो ।
उनको डोजरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। जेसीबी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।

ताजा समाचार