शुक्लाफाँटामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ पिपलाडीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरका अन्दाजी २७ वर्षीय भुवनसिंह रानाको आइतवार मृत्यु भएको हो।

पिपलाडीका ३१ वर्षिय श्रीकृष्ण रानाले से १ त ९३८७ नम्बरको ट्याक्टर चलाउने क्रममा अगाडी बढेर सुपप्र ०२(००३ प २१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भुवनसिंह राना गम्भीर घाईते भएका थिए।

उपचारका लागि कैलालीको माया मेट्रो अस्पताल भर्ना गरिएका उनको सोही क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

ट्याक्टर चालक श्रीकृष्ण रानाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार