कैलालीमा गुडिरहेको बसबाट खसेर मालिकको मृत्यु


महेन्द्रनगर। कैलालीमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा–१ घर भएका बसका साहु ४४ वर्षीय विष्णु देवकोटाको मृत्यु भएको हो । देवकोटा आफ्नै बा ५ ख ५८७२ नम्बरको बसबाट खसेर घाइते भएका थिए ।

टीकापुरबाट धनगढी आउँदै गरेको बसबाट खसेका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घटनाको बिषयमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार