एसपीएका विधार्थीले आमाको मायाँ छात्रवासमा लाइब्रेरी स्थापना गरे


महेन्द्रनगर । अभिभावक विहिन विधार्थीहरुलाई आश्रय दिदैँ आएको धनगढी तारानगरस्थित आमाको मायाँ छात्रवासमा सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएका विधार्थीहरुले पुस्तकालय लाइब्रेरी स्थापना गरेका छन् ।

एसपीएको स्नातक तहमा अध्ययनरत् विधार्थीहरु रोशन खत्री, कञ्चन सावँदलगायतको टोलीले उक्त लाइब्रेरी स्थापना गरेको हो । एसपीए कलेजका प्रबध निर्देशक सुवाश शाहीले एक कार्यक्रमबीच सोमबार लाइब्रेरीको उद्घाटन गरे ।

लाइब्रेरीको उद्घाटन गर्दै शाहीले कलेज उमेरदेखि विधार्थीहरुले लाइब्रेरी स्थापनाजस्तो सामाजिक कार्यमा लाग्नुलाई सह्रानीय काम भन्दै प्रेरणादायी काम भएको बताए ।

‘कलेज पढ्दादेखि नै सामाजका प्रभाव पार्ने लाइब्रेरी स्थापनाको सोच आउनु सह्रानीय छ र यो प्रेरणादायी काम भएको छ,’ शाहीले भने, ‘सबै कलेज, स्कुलका विधार्थीहरुले यस्तायस्तै श्रृजनात्मक काम गर्ने हो भने समाज विकास हुन धेरै समय लाग्दैन ।’

‘समाजबाट लिने प्रतिस्पर्धा बढी भएका बेलामा देशलाई के दिनसकिन्छ भन्ने सोच्ने भावना मनबाट आउने हो भने देश परिवर्तन हुन समय लाग्दैन,’ उनले भने, ‘लाइब्रेरी स्थापनामा हाम्रा विधार्थीले अग्रसरता देखाउँनु हाम्रा लागि गर्वको कुरा हो । यसमा हामीले पनि सहयोग गर्न पाएकोमा खुशी छौं ।’

ताजा समाचार