चुनाव बिथोल्ने गतिविधि मा संलग्न कार्यकर्ता पक्राउ


महेन्द्रनगर । नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेतालाई बझाङ प्रहरीले पक्राउ गरेको छ।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउदैँ सदरमुकाम चैनपुरको जिल्ला अदालत नजिकबाट उनीहरु पक्राउ परेका हुन्।

उनीहरुले ‘मंसिर ४ को निर्वाचनलाई सशक्त ढंगले बहिष्कार गरौं र एमसीसीका मतियारलाई मतदान नगरौं’ लगायत नारा लेखिएका पोष्टर बजारमा टाँसिरहेका थिए।

यसअघि आइतबार साँझ करिब ६० जनाको उपस्थितिमा जुलुस प्रदर्शन गरिएको थियो। पटक–पटक जनतालाई झुक्याउँदै सत्तामा गएका सबैले संसद विघटनदेखि एमसीसी जस्तो राष्ट्रघाति पास गरेर नेपाललाई युद्धको रण मैदान बनाउन खोजेको आरोप नेकपाले लगाउदै आएको छ।

फेरि पनि देशमा यस्तै हर्कत दोहोरिने भएकाले पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालयमा राखिएको जनाइएको छ। गृह मन्त्रालयको आदेश अनुसार प्रक्रिया अगाडि बढाइने वडा प्रहरी कार्यालय जनाएको छ।

ताजा समाचार