दोधारा-चादनीमा एमालेबाट निर्वाचित वडाध्यक्ष धानुकका भाइ सहित ११ जना कांग्रेसमा प्रवेश

महेन्द्रनगर । नेकपा एमाले बाट निर्वाचित कञ्चनपुरको दोधारा- चादनी नगरपालिका-१ का वडाध्यक्ष गोबिन्द सिंह धानुकका भाइ सहित ११ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार दोधारा चादनीमा आयोजित नेपाली कांग्रेसको चुनावी भेलामा वडाध्यक्ष धानुकका भाइ पुष्कर सिंह धानुक सहित भिम धानुक, राजेन्द्र भट्ट एमाले र पर्शुराम भट्ट राप्रपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

यस्तै राम सिंह सुनार,दिला भट्ट , चिउडी रोकाया, मानमती विष्ट, धनमती कुवँर र अञ्जली बडु समेत कांग्रेस प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य,पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रमेश लेखकले टीका र माला लागाएर पार्टी प्रवेश गराएका थिए ।

वडाध्यक्ष धानुकका भाई काङ्ग्रेस प्रवेश गर्दै ।।

ताजा समाचार