लालझाडीमा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

महेन्द्रनगर । निर्वाचन क्षेत्र १ अन्तर्गत कञ्चनपुरको लालझाडीमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले घरदैलो गरेका छन ।

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रतिनिधी सभा सदस्य बिना मगर, १(क) का प्रदेश सभा सदस्य बन्धु राना, समानुपातिक उम्मेदवार राम बहादुर देउकर(रक्तबिज), फुल्न राना सहितका गठबन्धनका उम्मेदवारले लालझाडी गाँउपालिका १बाट घरदैलो शुरु गरेका छन ।

कञ्चनपुरका युवा नेता नेकपा माओवादी एव बाम लोकतान्त्रिक गठबन्धनका नेता दिपक तिम्लिसेनाले लालझाडीमा पनि बाम गठबन्धनले घरदैलो अभियान शुरुवात गरेको बताए । ‘चुनावी एजेण्डा सहित बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार चुनावी मैदानमा होमिएका छन,

‘उनले भने, ‘उम्मेदवारले जनता र जनताले उम्मेदवारसंग प्रत्यक्ष छलफल अन्तरकृया गरिरहेका छन ।’ घरदैलो कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय बिना मगर, बन्धु रानाले संविधानको रक्षाका साथै क्षेत्रका जनताको आधारभूत हक अधिकार समस्या समाधान गर्दै सम्बृद्धि तर्फका योजना ल्याउने प्रतिबद्धता जाहेर गरिरहेका छन ।

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार घरमै पुगेपछि स्थानीय हर्षित भएका छन । लालझाडीका स्थानीय पदम रानाले बिना मगरले चुनाव जितेपछि पहिलो पटक दोदा नदीमा मोटरेबल पक्की पुल बनेको भन्दै फेरी लालझाडी सहित क्षेत्रको विकासका लागि बिना मगर नेतृत्व जित्नुपर्ने शुभकामना दिएका छन ।

ताजा समाचार