काँग्रेसका पूर्व मन्त्री चौथो पटक चुनावी मैदानमा (रमेश लेखक)

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नंं ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक चौथो पटक चुनावी मैदानमा होमिएका छन् । काँग्रेसका पूर्व मन्त्री उनी अघिल्लो निर्वाचनमा एमालेमा डा। दिपक प्रकाश भट्टसित पराजित भएका थिए । यस पटक उनी काँग्रेसबाट चौथो पटक प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका छन्

काँग्रेसमा प्रत्यक्ष र समानुपातिक दुबैबाट साँसद भएका छन् । २०५६ देखि २०७४ सम्म उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ मा लगतार सत्तामा बसेका छन् । १८ वर्ष निर्वाचित र समानुपातिक साँसद हुँदा उनी तीन पटक मन्त्री भएका छन् ।

काँग्रेसमा छोटो समयमा सबैभन्दा बढी अवसर पाउने नेताका रुपमा लेखक परिचित छन् । पञ्याचत विरोधी आन्दोलनमा सहभागी काँग्रेस राजनीतिमा आएका सबै नेतालाई पछि पार्दैै उनी कञ्चनपुर ३ मा बलियो नेताका रुपमा छवि बनाएका छन् ।

पञ्चायतदेखि काँग्रेस राजनीतिमा सक्रिय काँग्रेस नेता पदम बोगटी, भोजराज बोहराले अहिले मात्रै मेयर पाएका छन् । काँग्रेस कञ्चनपुरका संस्थापक सदस्य प्रकाश बहादुर सिह वडा सदस्यको टिकट नपाएर पार्टी छाडेर काँग्रेस विपीमा पुगेका छन् ।

बैतडी पुख्र्यौलीका लेखक २०५१ को मध्यावधि निर्वाचनमा काँग्रेस केन्द्रीय सदस्य एनपी साउँदको अनपेक्षित हार भएपछि आफूलाई काँग्रेसमा बलियो नेता बनाएका हुन् । काँग्रेस कञ्चनपुरका सदस्य भएका उनी मध्यावधि निर्वाचनपछि भेगीय सन्तुलन मिलाउन काँग्रेसको सचिव बनाइएका थिए ।

मध्यावधि निर्वाचनमा साउँदलाई क्षेत्रीयताको नारा लगाएर चुनाव हराइएको थियो । साउँद विरुद्ध काँग्रेसका मान बहादुर सुनारलाई बागी बनाएर लडेका थिए । साउँद हारपछि निर्वाचन क्षेत्र नं। ३ छाडेर अन्यत्र गएका छन् । उनी त्यसपछि अहिलेसम्म निर्वाचन क्षेत्र ३ फर्केका छैनन् ।

सिद्धनाथ विज्ञान क्याम्पसबाट राजनीति सुरु गरेका उनी त्यस बाहेक सबै शिक्षा भारतमा अध्ययन गरेका छन् । भारतको लखनँउ विश्वविद्यालयबाट उनले बिए, एमए र एलएलबी ९कानून० को अध्ययन गरेका छन् । सिद्धनाथ विज्ञान क्याम्पसमा उनी पहिलो पटक नै स्ववियु सभापतिमा पराजित भएका थिए ।

बेदकोट नगरपालिका ८ का लेखक केही समय महेन्द्रनगरमा पत्रकारिता र ल फर्म सञ्चालन गरेका छन् । उनले केही समय तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा अध्यापन पनि गरेका छन् ।

मध्यावधि निर्वाचनपछि सचिव भएका उनी २०५६ मा साँसद जितेका हुन् । काँग्रेस पदाधिकारी भएको पाँच वर्षमै साँसद लड्ने मौका पाएका उनलाई २०७४ मा एमालेका भट्टले रोकि दिएका हुन् । उनी अघिल्लो हारलाई जितलाई फेरि फर्काउन फेरि चुनावी मैदानमा आएका छन् ।

यस पटक उनी विरुद्ध काँग्रेसका महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिह सहित नेताहरु बागी भएर चुनावी मैदानमा आएका छन् । अघिल्लो पटक डा। दिपक भट्टसित हारेका उनी यस पटक दिपक सिहका कारण अप्ठेरो अवस्थामा परेको काँग्रेसका नेताहरु बताउँछन् ।

यस पटक लेखक दिपक सिह लगायतका विश्वासिला सहयोगी गुमाएर चुनावी मैदानमा छन् । अधिकारकर्मी शारदा चन्द लेखक विरुद्ध चुनावी मैदानमा आएकी छन् । प्रदेश सभामा पिताम्बर जोशी र धन बहादुर शाही लगायतका नेता पनि लेखकका लागि चुनौती बनेका छन् ।

काँग्रेसमा दुई पटक केन्द्रीय सदस्य भएका उनी २०५६ पछि कांग्रेसको संसदीय दलको सचेतक भएका छन् । उनी साँसद भएपछि दोधारा–चाँदनीलाई महेन्द्रनगर संग जोड्नका लागि झोलुङ्गे पुल, महाकाली नदीमा बाँध निर्माण, भीमदत्तको उत्तरी क्षेत्रमा ओभर हेड’ ट्यांकी बनाएको बताउँछन् ।

जनआन्दोलनपछि संसद पुनः स्थापना भएपछि उनी श्रमराज्य मन्त्री र त्यसपछि श्रम मन्त्री नै भएका थिए । तत्कालिन माओवादी संगको वार्ता टोलीका सदस्य भएका उनले शान्ति प्रक्रियामा निष्कर्षमा पुगाउन भूमिका खेलेको दावी गर्दै आएका छन् ।

संविधान निर्माणका क्रममा उनी मौलिक हक अधिकार मस्यौदा समिति, मस्यौदा समितिभित्रका पनि विभिन्न समितिमा विवाद समाधान लगायतका उप समिति तथा कार्यदलमा बसेर काम गरेका छन् ।

२०७० को संविधान सभाको अर्को निर्वाचनमा तत्कालिन कञ्चनपुर निर्वाचन क्षेत्र नं। ४ बाट जितेका उनी भौतिक पूर्वाधार तथा योजना मन्त्री भएका थिए ।

काँग्रेसमा प्रधानमन्त्री शेर बहादुर देउवाका विश्वासिला मानिने उनी यस पटक माओवादी केन्द्रको साथ पाएर फेरि साँसद हुने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका छन् । लेखकले यस पटक आफ्नो अन्तिम चुनाव भएको भन्दै मतदातालाई सहयोगका लागि आग्रह गरि रहेका छन् ।

रमेश लेखक चौथो पटक चुनावी मैदानमा होमिएका छन् । काँग्रेसका पूर्व मन्त्री उनी अघिल्लो निर्वाचनमा एमालेमा डा। दिपक प्रकाश भट्टसित पराजित भएका थिए । यस पटक उनी काँग्रेसबाट चौथो पटक प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका छन् ।

ताजा समाचार