प्रकाश रावल कसरि बने यति लोकप्रिय? राजनैतिक यात्रा संगै उनले गरेका कामहरु

अर्थमन्त्री रावलले चालु आर्थिक बर्षमा अढाई अर्ब भन्दा बढी बजेट आफ्नो निर्वाचन क्षेत्रमा भित्र्याएका छन्।

सरल स्वभाव र समाजसेवी व्यक्तित्व भएका नेकपा एकिकृत समाजबादीका नेता एवं सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रि तथा कंचनपुर निर्वाचन क्षेत्र न. ३ ‘क’ का उम्मेदवार हुन् प्रकाश रावल। 

बिक्रम सम्बत २०२५ साल अशोज ११ गते भीमदत्त नगरपालिका वडा नम्बर ६ मा जन्मिएका नेता रावलले प्रारम्भिक शिक्षा कंचनपुरको बैजनाथ माध्यमिक विद्यालय बाट अध्ययन गरे। 

त्यसपछि कंचनपुरको शिद्धनाथ बहुमुखी क्याम्पस बाट स्नातक तह उत्तीर्ण गरे र त्यहि क्याम्पस वाट उनले आफ्नो राजनैतिक यात्राको पनि सुरुवात गरे। 

विक्रम सम्बत २०४७ सालमा सिद्वनाथ बहुमुखी क्याम्पस प्रा.क. अध्यक्ष भएर आफ्नो राजनीतिक यात्रा शुरु गरेका रावल विद्यार्थीका हक अधिकार र विभिन्न राजनैतिक आन्दोलनमा सहभागी रहेदै आए। 

त्यसै गरि २०४९ सालमा अनेरास्ववियुको जिल्ला कोषाध्यक्ष, २०५१ सालमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी एमालेका संगठित सदस्य, २०५१ सालमा अनेरास्ववियु महाकाली अञ्चल समन्वय सदस्य, २०५१ सालमा नगर कमिटि सदस्य, २०५४ सालमा युवा संघ केन्द्रिय कमिटि सदस्य, २०६५ सालमा जिल्ला कमिटि सचिवालय सदस्य भएर निरन्तर संगठनको विभिन्न पदीय जिम्मेवारी लिएर काम गरे।  

रावल राजनीतिक पार्टीमा मात्र नभएर गैर राजनीतिक तथा अन्तरास्ट्रिय परोपकारी संस्था लायन्स क्लब, लगायत विभिन्न सामाजिक संस्थाहरुमा पनि आवद्ध रही समाज सेवा गर्दै आईराखेका छन।

झन्डै तिन दशक बढी समय देखी राजनीतिमा होमिएका रावल २०७४ सालमा तत्कालिन नेकपा एमालेबाट कंचनपुर निर्वाचन क्षेत्र न. ३ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । त्यसपछि २०७५ सालमा उनि सुदुरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्य मन्त्रि नियुत्त भए । 

तत्कालिन नेकपा एमालेका विभिन्न कमिटीमा रहेर राजनीति गरेका रावल २०७८ सालमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक संसद विगठन गरेर असंवैधानिक काम गरेपछि संबिधानको रक्षाका लागि एमाले पार्टी परित्याग गरि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा समाबेस भए र नेकपा एकिकृत समाजवादीको केन्द्रिय कमिटि सदस्य तथा कंचनपुर जिल्ला सह-इन्चार्जमा नियुक्त भए।

त्यसपछि २०७८ चैत २६ गते सुदुरपस्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रि नियुक्त भए।

राजनीति सेवाको लागि भन्ने उदेश्यका साथ रावलले ५ बर्से कार्यकालमा सुदूरपश्चिम लगायत आफ्नो क्षेत्रमा थुप्रै योजनाहरु अगाडी बढाए।

जसमा कृषि क्षेत्रलाई प्राथमिकता दिदै कंचनपुरको उत्तरी क्षेत्रमा रहेको सिचाईको समस्या समाधानका लागि बोरिङ्गको व्यवस्था लगायत राइपेनिङ्ग च्याम्बर निर्माण, नमुना कृषि फर्म स्थापना, केरा प्रसोधन केन्द्र स्थापना र अन्य थुप्रै योजनाहरु सम्पन्न गरे ।

शिक्षामा विभिन्न विधालयहरुका जिर्ण अवस्थामा रहेका भवनहरु विस्थापित गर्दै भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरे।

स्वास्थ्य क्षेत्रमा महाकाली अञ्चल अस्पताल लाई प्रदेश सरकारको मातहतमा लिएर स्तरोउन्नति, अक्सिजन प्लान्टको स्थापना, आइसीयु संचालनमा ल्याए।

पर्यटन क्षेत्रमा ब्रह्मदेवमा नेपाल प्रवेश द्वारा निर्माण, गड्डाचौकीमा पर्यटक सहायता कक्ष निर्माण, नेपाल आमाको मुर्ति निर्माणका लागि बजेटको व्यवस्था, व्रह्मदेव देखि चिसापानी सम्म चुरे फेदीमा धार्मिक/पर्यटकीय मार्ग निर्माण, आत्मनिर्भर स्वरोजगारीका लागि विभिन्न अनुदानहरुको व्यवस्थापन गरे।

पुर्बधार विकास क्षेत्रमा विभिन्न ठाउका सडक, पुल पुलेसा, विद्यालय र मठ-मन्दिरहरुका भवन निर्माण, खोलाले क्षतिग्रस्त गरेका ठाउमा तटबन्धको निर्माण लगायतका कामहरु सम्पन्न गरे।

यति मात्र नभई आफु मन्त्रि हुदै गर्दा सुदुरपश्चिम भरिमै सबै भन्दा बढी बजेट आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका लागि विनियोजित गरेका छन।

थुप्रै विकासका योजना ल्याएर जनताको मन जित्न सफल भएका छन रावलले महेन्द्रनगर लाई खेल नगरी बनाउने उद्देश्यका साथ मल्टीप्रपज कभर्ड हलको निर्माणका लागि बहुबर्षिय योजना अगाडी सरेका छन। उनले आगाडी सरेका सम्पूर्ण योजनाहरु आफ्नो अफिसियल वेबसाइट prakashrawal.com मा पनि राखेका छन्

राजनीतिलाई सेवा हो भनि लागेका रावल यस पटक पनि थुप्रै विकासि एजेन्डा सहित कंचनपुर क्षेत्र न. ३ (क) बाट प्रदेश सभा सदस्य पदका उमेदवार रहेका छ्न।

स्वास्थ्य सेवा, शिक्षा, रोजगारी सृजना, गरिबी निवारण, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान, नगर विकाससंग सम्बन्धित, भू–क्षय बाढि पहिरो र नदि नियन्त्रण, सडक यातायात, हवाई यातायात, कृषि क्षेत्रको विकास, खानेपानी तथा सरसफाइ, सुचना र संचार, विद्युतीकरण, आरक्ष पिडित मुक्त हलिया र छुट हलिया, जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा एवं लोक कल्याणकारी कार्यक्रम, सिमा क्षेत्रको समस्या, व्यापार पारवहन तथा सुख्खा बन्दरगाह, उद्योग व्यवसाय क्षेत्र, स्वच्छ एवं पारदर्शि प्रशासनीक सेवा, वातावरण संरक्षण, पर्यटन, कला संस्कृती, भाषा साहित्य र स्थानीय सिप एवं शिल्पको जगेर्ना, छाडा गाई बस्तुको व्यवस्थापन, सिक्दै सिकाउदै, खेलकुद, सरकार, सहकारी, गैसस र जनस्तर साझेदारी लगायतका क्षेत्रमा काम गर्ने उनको घोषणापत्रमा उल्लेख छ।

बिगतका दिनमा गरेका बिभिन्न विकास निर्माणका कामहरु र आफु यसै क्षेत्रको स्थानीय बासिन्दा पनि भएको कारण जनताले फेरी निर्वाचित गर्नेमा आफु पूर्ण विश्वस्त रहेको नेता रावलको भनाइ छ।

ताजा समाचार