अमेरिकामा ठोक्किए दुई विमान

महेन्द्रनगर ।  अमेरिकाको डलास राज्यमा एयर सोको क्रममा दोस्रो विश्वयुद्धकालीन दुई विमान आकाशमा ठोक्किएका छन्। यी दुवै विमान निकै कम उचाइमा उडिरहेको अवस्थामा दुर्घटना भएको हो।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा दुर्घटनापछि एक विमान दुई भागमा टुक्रा भएको र जमिनमा खसेको देख्न सकिन्छ। त्यसपछि विमानमा आगो लागेको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार यी दुईमध्ये एक विमान बोइङ बी–१७ फ्लाइङ फोट्र्रेस थियो। दुवै विमान विंग्स ओभर डलास एयर सोमा भाग लिइरहेका थिए। जसलाई दोस्रो विश्व युद्ध एयर सो पनि भनिन्छ।

अहिलेसम्म विमान कति मानिस सवार थिए र दुर्घटनामा विमानमा सवार मानिसहरुको अवस्था के छ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन।

अमेरिकाको फेडेरल एभिएसन एड्मिनिस्ट्रेसनले शनिबार भएको यो दुर्घटनाबारे अनुसन्धान सुरु गरेको छ।

ताजा समाचार