दार्चुलामा कांग्रेसका नेता विष्ट माथि कुटपिट

महेन्द्रनगर। दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिव रुपेश विष्टले कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्टमाथि बोतल प्रहार गरेको छ ।

सोमबार साँझ गोकुलेश्वरस्थित एक होटलमा मदिरा सेवन गरिरहेका बेला एकआपसमा विवाद हुँदा विष्टले क्षेत्रिय समिति सदस्यमाथि बोतल प्रहार गरेको प्रहरीले जनाएको छ।

बोतल प्रहारबाट घाइते भएका राजेन्द्र विष्टको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरीले घटना समान्य भएको बताए।पाण्डेले अस्पतालमा उपचारपछि घाइते भएका विष्ट साँझ नै डिस्चार्ज भइसकेको जानकारी दिए।

ताजा समाचार