रोजगारीको अवसर! कर्मचारी आवश्यक्ता बारे

महेन्द्रनगर । भीमदत्त र कृष्णपुर नगरपालिका मा १/१ जना, कर्मचारी आवश्यक्ता बारे ईच्छुक नेपाली नागरिकबाट आवेदनका लागि आव्हान गरिएको छ ।

मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियानमा लामो समय देखि क्रियाशील आफन्त नेपाल (KIN NEPAL) लार्ई एटविन/युनिसेफको साझेदारीमा ”Prevention of child labour exploitation: strengthening capacity and surveillance on migration and trafficking” परियोजनाको लागि देहाय बमोजिमको कर्मचारीको पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमका योग्यता पुगेको ईच्छुक नेपाली नागरिकबाट आवेदनका लागि आव्हान गरिएको छ ।

१. सामाजिक परिचालक – २ जना, ६ महिनाको लागि ( भीमदत्त र कृष्णपुर नगरपालिका मा १/१ जना, स्थानियलाई प्राथमिकता दिईने छ । )न्यूनतम योग्यता(1) प्रवीणता प्रमाण पत्र वा सो सरह, मानव बेचबिखन विरुद्ध सामाजिक परिचालनमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको I(2) एस.एल.सी वा सो सरह, मानव बेचबिखन, श्रमशोषण, लैंगिक हिंसा विरुद्ध सामाजिक परिचालन, कार्यक्रम सञ्चालन तथा समन्वयमा कम्तिमा ४ वर्षको कार्य अनुभव भएको I

अन्य सीप तथा क्षमताहरुकुशल सञ्चार र समन्वय गर्न सक्ने, बेचबिखन/हिंसामा परेका/पर्न सक्ने सम्भावनामा रहेका व्यक्ति तथा समुदायको उत्थानमा विशेष चासो राख्ने, आत्मविश्वासी; सृजनशील; सकारात्मक सिकाइ प्रवृति; आफन्त नेपालको मुल्य–मान्यता, दर्शन तथा लक्ष्यप्रति प्रतिवद्ध भई सामाजिक अभियन्ताको रुपमा सेवा गर्न ईच्छुक, दुइपांग्रे सवारी चालक अनुमति पत्र भएको भए राम्रो, योग्यता पुगेका बेचबिखन तथा हिंसाबाट प्रभावितलाई प्राथमिकता दिइनेछ ।

आवेदनमा संलग्न गर्नुपर्ने आवश्यक कागजपत्रहरुः नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, ब्यक्तिगत विवरण (CV), काम गरेको अनुभव पत्र, नियुक्ति पत्र तथा तालिमको प्रमाण पत्र (व्यक्तिगत विवरण- CV) मा उल्लेख गरे अनुसार) ।छनौट प्रक्रियाः लिखित तथा अन्तरवार्ता (दुवै) रितपुर्वक आएका आवेदनहरुबाट सुयोग्य उम्मेदवारहरु लाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ ।

उल्लेखित योग्यता पुगेका ईच्छुक व्यक्तिले यही २०७९ कार्तिक ३० गते, ४:०० बजे भित्र हस्तलिखित इच्छापत्र (Interest Letter) सहित आफन्त नेपालको महेन्द्रनगर शाखा कार्यालयमा अथवा jobs.kinnepal@gmail.com मा आवेदन दिनुहुन सम्बन्धित सबैमा जानकारी गराइएको छ ।

महेन्दनगर, कञ्चनपुरकालागि सम्पर्क नं. ९८४८८५०६३६, ९८०९४३७४०१, ९८१०६२१९७१ छनौट प्रक्रियाको सम्पूर्ण अधिकार आफन्त नेपालमा निहित रहनेछ ।

ताजा समाचार