भारतीय नागरिक नक्कली मतपत्र सहित पक्राउ

महेन्द्रनगर। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारनका ४० वर्षका ईजाजत अहमद छन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट मतपत्र नेपाल ल्याउँदै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकखण्डमा बिओपी भिखमपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

मोटरसाइकल र मतपत्र नियन्त्रणमा लिइ उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।

ताजा समाचार