महेन्द्रनगर । बाजुराको स्वामीकार्तिक गाउँपालिका-३ जुकोटमा मतदान रोकिएको छ ।
दलका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले अवस्था रोक्न ३ राउन्ड हवाई फायरसमेत गरेको छ ।
त्यस्तै मतदानस्थलमा तोडफोड भएको छ ।यसअघि बाजुराको बाजुराको बूढीगंगा नगरपालिका-८ स्थित गिरिखेल्ने प्रावि र बूढीनन्दा-५ को मतदान कार्य अवरुद्ध भएको थियो ।