बाजुरामा एक जना नेता चेतन ऐडीको हत्या

कञ्चनपुर। बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय चेतन ऐडीको हत्या भएको छ। हत्या गरिएका ऐडी नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका थिए। 

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाका अनुसार आइतबार राति विवाद हुँदा कुटपिटबाट ऐडी घाइते भएका थिए। 

‘राति प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो, अस्पताललले मृत घोषणा गरेको छ,’ डिएसपी थापाले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’ 

ऐडीको शव अहिले बयलपाटा अस्पताल अछाममा राखिएको छ। घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दिउँसो कांग्रेस कार्यकर्तासंग विवाद भएकाले उनीहरुले नै आक्रमण गरेको आशंका गरिएको छ। यसअघि आइतबार मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच फर्जी मतको विषयमा विवाद भएको थियो। 

ताजा समाचार