दार्चुलामा एक युवाको शव फेला,हत्याको आशंका

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर ।  दार्चुला जिल्लाको व्याँस गाउँपालिका–४ घोलचौर खोलामा ३५ वर्षीय नरसिंह बिष्टको शव फेला परेको छ। मृतक बिष्टको घर सोही गाउँपालिका–४ डोकटमा पर्छ।

३ गते रातिबाट वेपत्ता भएका विष्टको सुनसेराको डोम क्षेत्रमा सोमबार बिहानै  शंकास्पद अवस्थामा शव भेटिएको हो। आइतबार भोट हाल्न नआएपछि स्थानीयले खोजि गरेका थिए।

विष्ट नेकपा (एमाले) का स्थानीय कार्यकर्ता रहेको खुलेको छ। उनको हत्या भएको हुनसक्ने भन्दै आफन्त आक्रोशित भएका छन्।

घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षकले बताए।

spot_img

ताजा समाचार