लेखराज भट्टलाई घरमै गएर ज्यान मार्ने धम्की दिने, दुई जना पक्राउ

महेन्द्रनगर। धनगढी र कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार पूर्वमन्त्री, नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाई घर मैगएर ज्यान मार्ने धम्की दिईएको छ ।

आज उनकै निवासमा पुगेर दुई जना व्यत्तिले ज्यान मार्ने धम्की दिएको प्रहरीले बताएको छ । उनलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्जले बताए ।

आफू घरमा नरहेको अवस्थााम अत्तरियास्थित नीजि निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको भट्टले बताएका थिए। उनकाअनुसार आधा दर्जन बढी युवाहरु घरमा पसेका हुन्। उनीहरुले घरभित्र पसेर कहाँ छ (पूर्व) मन्त्री ?  भन्दै घरमा रहेका आफ्ना परिवारका सदस्यहरुलाई दुव्र्यवहार गरेका भट्टले बताए।

पक्राउ पर्नेमा सोही स्थानका शेरबहादुर लामा र दिपेन्द्र विक रहेका छन् । भट्ट निवासमा थिएन तर, उनको घरमा पुगेर धम्की दिएपछि नियन्त्रणमा लिएका छौं उनले भने –‘पक्राउ दुबै जना पुर्व लडाकु हुन ।’

ताजा समाचार