बाजुरामा ऐडी हत्या आरोपमा २२ जनाविरुद्ध जाहेरी दर्ता

महेन्द्रनगर। बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको डीएसपी चतुर्भुज ओझाले बताए।मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर उनको हत्या गरेको नेकपा एमालेले दाबी गरेको छ।

अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा त्यहि राति मृत्यु भएको थियो। मंसिर ४ मा निर्वाचन हुँदै त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए।अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा त्यहि राति मृत्यु भएको थियो।

उनको शव अहिले अस्पतालमा छ। हत्यामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएपछि मात्र शव पोस्टमार्टम गरेर दाहसंस्कार गरिने बताइएको छ।

निर्वाचनको दिन प्रहरीको गोली लागेर ज्यान गुमाएका २६ वर्षीय सन्दिप ऐडीको पनि शव घटनास्थलमा नै रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिएका छन्।

ताजा समाचार