कञ्चनपुर–३ बाट रमेश लेखक फराकिलो मतान्तरले विजयी

महेन्द्रनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर–३ बाट नेपाली काँगेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य लेखकले १२ हजार ७५ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणामअनुसार नेता लेखकले ३० हजार ५ सय २३ मत ल्याए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नीरु देवी पालले १८ हजार ४ सय ४८ मत प्राप्त गरिन् ।

यो क्षेत्रमा ९७ हजार ८ सय २२ मतदाता रहेकोमा ५७ हजार ७ सय ५८ मत खसेको थियो । जसमध्ये ३ हजार ६ सय ९९ मत बदर भएको थियो ।

ताजा समाचार