कञ्चनपुर–२ बाट प्रदेशसभामा कांग्रेसका थापा र माओवादीका भाट निर्वाचित

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र –२ को प्रदेशसभाका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रदेशसभा–१ मा माओवादी केन्द्रका ओमबिक्रम भाट (सरल) र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका बहादुरसिंह थापा विजयी भएका हुन् ।

प्रदेशसभा–१ मा भाट प्रतिद्धन्द्धी नेकपा एमालेका वचनबहादुर सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।उनले १० हजार ९२५ मत पाउँदा सिंहले १० हजार ४५० मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४७५ छ ।

थापाले एमालेका कृपाराम रानालाई १ हजार ७२६ मतले हराउदै निर्वाचित भएका हुन् । थापाले १० हजार ६६८ मत ल्‍याउँदा रानाले ८ हजार ९४२ मात्रै मत पाए ।

ताजा समाचार