कंचनपुर-३(१) मा समाजवादीबाट प्रदेश अर्थमन्त्री रावल विजयी

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा (१)मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल विजयी भएका छन्।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीलाई १ हजार ८ सय ६० मतले पराजित गरेका हुन् ।

मन्त्री रावलले भने ‘ समग्रमा विश्वास र विकासको जित भएको छ, सबैलाई बधाई दिन चाहन्छु र जनताको म प्रतिको विश्वास कायम राखी यस क्षेत्रको समग्र विकासका लागि सदैब कटिबद्ध भएर काम गर्नेछु ’

उनी ८ हजार ७ सय १८ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। यहाँ उनका प्रतिस्पर्धी राप्रपाका धर्मराज जोशीले ६ हजार ८ सय ५८ मत ल्याए भने नेकपा माओवादीका टिकेन्द्रप्रसाद भट्टले ४ हजार ६ सय ८६ मत पाएका छन्।

रावल गठबन्धन बाट टिकट नपाए पछी एक्लै चुनाव लडेका थिए !

ताजा समाचार