निर्माण व्यवसायी र मजदुरहरूले कैलाली घोडाघोडी नगरपालिकाको वडा कार्यालयमा तालाबन्दी


महेन्द्रनगर । कैलालीको घोडाघोडीमा निर्माण व्यवसायी र मजदुरहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा विक्री वितरण अहिलेसम्म खुला नगरेको भन्दै ट्याक्टर व्यवसायी, निर्माण व्यवसायी र मजदुरहरूले घोडाघोडी वडा नम्बर १० को कार्यालयमा तालाबन्दी गरेका हुन्। ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण खुल्ला गर्न उनीहरुको माग छ।

आफुहरुको मुख्य पेसा ब्यवसाय ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण भएकोले रोजी रोटी बन्द भएको उनीहरुले बताएका छन् । उनीहरुले नगरपालीकाले कुनै सुनुवाई नगरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । यता नगरपालिकाले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्ने जिम्मा निर्माण कम्पनीले ठेक्का प्रकृयामार्फत पाइसकेको र केही दिनमै खुल्ने जानकारी दिएको छ ।

ताजा समाचार