कैलाली १ ख मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर विजयी(जई धकिया )

महेन्द्रनगर । कैलाली क्षेत्र नं। १ को प्रदेश ९२० मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी भारी मतान्तरले विजयी भएका छन् ।
उनी प्रतिद्वन्दी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री डा। रणबहादुर रावल भन्दा ३ हजार २६४ मतान्तरले विजयी भएका हुन् ।चौधरीले ११ हजार ३१७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी रावलले ८ हजार ५३ मत पाएका छन् ।

यसअघि २०७४ मा सम्पन्न भएको प्रेदस सभा निर्वाचनमा रावलले चौधरीलाई ६ मत अन्तरले पराजित गरेका थिए । चौधरी राष्टिय जनता पार्टीबाट चुनाव लडेका थिए ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका द्धारिकाप्रसाद न्यौपानेले ५ हजार ३२० मत प्राप्त गरेका छन् ।

त्यस्तै राप्रपाका डम्बरबहादुर थापाले १ हजार ३३८, स्वतन्त्र उम्मेदवार केशरबहादुर साउँदले ८८८ मत, स्वतन्त्र गणेश चौधरीले ५०८ मत र नेपाल लोकतान्त्रिक पार्टीका रामकृष्ण चौधरीले ४४१ मत प्राप्त गरेका छन् ।यसअघि प्रदेश १ मा समेत नागरिक उन्मुक्तिका कैलाश चौधरी भारी मतान्तरका साथ विजयी भएका छन् ।

क्षेत्र नं। १ को प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको समेत जित निश्चित भैसकेको छ ।

ताजा समाचार