हत्यारालाई कारबाही गर्न एमालेको माग ,पाँचौं दिन पनि सदरमुकाम तनावग्रस्त

महेन्द्रनगर । बाजुरा जिल्लामा मंसिर ४ गते हत्या भएका अनेराश्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीका हत्यारालाई कारबाहीको माग गर्दै एमालेले आन्दोलन थालेको छ ।

मंसिर ४ गतेको निर्वाचनमा प्रहरी र नेपाली कांग्रेसका कार्याकर्ताबीचको झडपमा प्रहरीको गोली लागेर २५ वर्षीय सञ्जीव ऐडीको मृत्यु भएको थियो ।

सञ्जीवको घटना स्थलमै मृत्यु भएपछि कांग्रेसका कार्यकर्ताले चेतन ऐडीलाई कुटपिट गरेका थिए ।

उनको पनि कुटपिटबाटै मृत्यु भयो। चेतनको हत्यामा संलग्न २२ जनाको नाममा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी दिएका छन् ।

घटना भएको ५ दिन हुदासम्म पनि प्रहरीले दोषीलाई कारबाहीको प्रक्रिया नथालेको भन्दै एमालेले आन्दोलन थालेको छ ।

ताजा समाचार