सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई रकम दिएन

महेन्द्रनगर। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई पैसा नदिएको खुलेको छ।

आर्थिक वर्ष २०७६र०७७ को वार्षिक कार्यक्रममा समेटिएको तीन वर्षे डिप्लोमा अध्ययन गर्न छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीले छात्रवृत्ति रकम नपाएका हुन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढीको सरस्वती माध्यमिक विद्यालयमा तीन वर्षे सिभिल ओभरसियर पढ्ने चार जना विद्यार्थीलाई पढाइ सक्किन लाग्दा पनि छात्रवृत्ति रकम दिएको छैन।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६र०७७ को वार्षिक कार्यक्रम तथा बजेटमा अति विपन्न वर्गका विद्यार्थीहरूका लागि ३ वर्षे प्राविधिक डिप्लोमा अध्ययनका लागि छात्रवृत्ति दिन ८८ लाख छुट्याएको थियो।

सरकारले हरेक वर्ष ५० हजारका दरले प्रदेशका ९ जिल्लाका विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्ने योजना थियो। मन्त्रालयले त्यहीँ वर्ष छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनोट पनि गर्यो।

छनोट भएका विद्यार्थीले पहिलो किस्ताको ५० हजार रकम प्राप्त गरे। तर एन्जल साउँदले हरेक ६/६ महिनामा ५० हजारका दरले पाउनुपर्ने छात्रवृत्ति रकम आफूसहित चार जनाले नपाएको बताएका छन्।

ताजा समाचार