शिक्षकको शिक्षा समर्थन अभिमुखिकरण कार्यक्रम

महेन्द्रनगर । कञ्चनपुर जिल्ला महेन्द्रनगर कटान -१८ मा रहेको वातावरण संरक्षण तथा समाजकल्याण संस्थाले आज ( शुक्रबार) शिक्षा समर्थन कार्यक्रम गरेको छ ।

जसमा भीमदत्त नगरपालिकाका २८ वटा विद्यालयका शिक्षकहरु उपस्थित भएका थिए । शिक्षकहरुलाई संस्थाका उपाध्यक्ष पशुपति थापा मगरले कार्यक्रममा स्वागत गरेका छन् ।

विगत एक वर्ष देखि कंचनपुर जिल्लामा भिमदत्त नगरपालिकाका सरकारी विद्यालयमा ECD देखि ८ कक्षा सम्मको पहिलो चरणका ४ हजार ३ सय १९ जना विद्यर्थीहरुलाई १९ वटा शैक्षिक सामग्रीहरू विद्यालयमा आमुखी गरिएको छ ।

यस संस्थाले शिक्षा, स्वास्थ्य, पानी,कृषि, जिविको पार्जन वातावरण, विपत सुशासन लगायतका विभिन्न विषयमा सामाजिक सेवा कार्य गर्ने गरेको छ ।

संस्थाले झण्डै १ महिना अगाडि भीमदत्त नगरपालिकामा १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरेको यस कार्यक्रमका प्रमुख गणेश राज भट्टले जानकारी दिनुभयो ।

उनले फेरी आगामी दिनमा कञ्चनपुर जिल्लाको यस भीमदत्त नगरपालिकामा मात्र नभई सुदुरपस्चिम प्रदेशका नगरपालिका ,गाउँपालिका भरि समाजकल्याणका कार्य कार्यक्रम विस्तार गर्ने योजना बनाएका छन्।

ताजा समाचार