महाकाली नदी दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धा महिलाको मृत्यु

महेन्द्रनगर। महाकाली नदी माथिको दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धा महिलाको मृत्यु भएको छ।

पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ कञ्जभोजकी ७० वर्षीय अमृता मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।

‘पुलको पटरामा खुट्टा अड्किएर लडेकी उनको घटनास्थलमै मृत्यु भएको खुलेको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान चलिरहेको छ।

’महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुंगे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको छ।पुल जीर्ण हुँदा महाकाली पारि रहेको दोधराचाँदनी नगरपालिकामा आवतजावत गर्न समस्या भएको स्थानीयले बताए।

यसअघि पनि यो पुलमा रहेका फलामे पातामा खुट्टा अड्किएर केही मानिस घाइते भइसकेका छन्।दोधराचाँदनी र भीमदत्त नगरपालिकाले जीर्ण पुलको मर्मतका लागि कुनै चासो नदेखाएको स्थानीयको आरोप छ।

ताजा समाचार