spot_img

कञ्चनपुरको दक्षिणी क्षेत्रमा ११ गतेदेखी १५ दिन बिजुली जाने,दैनिक ८ घण्टा

महेन्द्रनगर ।कञ्चनपुरको दक्षिणी क्षेत्रमा ११ गतेदेखी १५ दिन दैनिक ८ घण्टा बिजुली जाने भएको छ।

कलुवापुर–बेलौरी ३३ केभी प्रशारण लाईन अन्तर्गत विभिन्न ठाउँहरुमा मर्मत गर्नु परेकाले ती क्षेत्रमा १५ दिनसम्म ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणको बेलौरीस्थित वितरण केन्द्रले जनाएको छ।

कलुवापुर बन्साहदेखि शान्तिपुर, बेलौरीसम्म खेतमा पोलहरु भएकाले पोलहरुमा कन्डक्टर अपग्रेड, कलुवापुर सब स्टेसनमा फिडर निर्माण गर्नु परेकाले बाध्य भएर सेवा अवरुद्ध गर्नुपरेको हो।

आइतबारदेखि नियमित १५ दिनसम्म बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म बिजुली जाने भएको छ ।

ताजा समाचार

spot_img