बाजुरामा अएडीका दोषीलाई पक्राउगरी कार्बाही गर्न माओबादीको माग

 महेन्द्रनगर। बाजुरा त्रिबेणी नगरपालिका ७ मा अनेरास्ववियुका नेता चेतनदिप अयडीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

नेकपा माओबादी केन्द्र बाजुराले एक प्रेश बिज्ञप्ती जारी गर्दै अयडीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको हो । मसिंर ४ गते भएको प्रतिनिधी सभा र प्रदेशको निर्बाचन पछी नेता अयडीको हत्या भएको प्रति नेकपा माओबादी केन्द्र बाजुराले आपत्ती प्रकट गरेको छ ।

सोही दिन सोही वडामा सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका संजिव अएडी र हत्या गरिएका बिद्यार्थी नेता अएडीको हत्यामा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


नेकपा माओबादी केन्द्र सुदुर पश्चिम प्रदेश समानुपातीक उम्मेदवार कमल कुमारी शाह९शाही० वाइसीयल नेपाल बाजुरा इन्र्चाज निर्मला कुमारी बिष्ट, अनेमसंघ क्रान्तीकारी बाजुराकी अध्यक्ष जलु देवी रोकाया९जानकी०, अनेरास्ववियू क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँद र नेकपा माओबादी केन्द्र बाजुरा प्रदेश निर्बाचन क्षेत्र क उम्मेदवारका प्रतिनिधी गणेशराज गिरी लागयतको सयूक्त हस्ताक्षेरीत बिज्ञप्तीमा मृतक दुबैको न्यायका लागि जोडदार माग गर्दछौ भनिएको छ ।


नेकपा एमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्यको शव ६ दिनसम्म पनि दोशीलाई कार्बाहीको माग गर्दै आएका युवा संघ अनेरास्ववियू बाजुराको शान्ती पुर्ण आन्दोलनको पक्षमा नेकपा माओबादी केन्द्र रहको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।मृतक दुबै जनाको हत्याको सत्यतथ्य पत्ता लगाई दोषीलाई तुरुन्त कार्वाही र पडित परिवारलाई उचित क्षतीपुर्तीको माग गरिएको छ ।

ताजा समाचार