कञ्चनपुरमा लागुऔषधसहित ३ जना युवायुवती पक्राउ

महेन्द्रनगर। कञ्चनपुरमा लागुऔषध खैरोहिरोइनसहित ३ जना युवायुवती पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरुलाई बेलौरी नगरपालिका(७ बाट अटोमा सवार रहेका बेला पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ३ का ४६ वर्षीय कर्ण विक, मोरङको विराटनगर उपमहानगरपालिका ६ जामुनगाछी घर भई हाल गोदावरी २ अत्तरिया बजारमा होटलमा काम गर्ने ३३ वर्षीय राकेश कोइराला र कृष्णपुर नगरपालिका ९ राजघाट बस्ने २४ वर्षीया अञ्जु भन्ने चन्द्रवती कपड्याल रहेका छन्।

ताजा समाचार