बाजुराका विद्यार्थी नेता ऐडीको हत्या आरोपमा थप २ जना पक्राउ

महेन्द्रनगर। बाजुराका विद्यार्थी नेता चेतनदीप ऐडीको हत्या आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ।
एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य ऐडीको हत्या आरोपमा गत बिहीबार प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।

मंगलबार थप दुई जना पक्राउ परेका हुन्। उनीहरुको नाम भने सार्बजनिक गरिएको छैन्।
ऐडी परिवारले २२ जनाको नाममा किटानी जाहेरी दिएको छ।
त्रिवेणी नगरपालिका–७ घर भएका ३२ वर्षीय ऐडीलाई गत ४ गते चुनावका दिन कांग्रेस कार्यकर्ताहरुले कुटपिट गरी हत्या गरेका थिए।

ताजा समाचार