बैतडीमा एक किशोरीको घाँटी रेटेको अवस्थामा शव फेला, अर्की घाइते

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी एक किशोरीको घाँटी रेटेर हत्या गरिएको छ। अर्की घाइते छिन्।

२१ बर्षीया माया लुहारको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो। १५ वर्षिया नेहा लुहारको पनि घाँटी रेटिएको र उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको छ।

मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार माया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकले जानकारी दिएका छन् ।

मायाको शव शिवनाथ गाउँपालिका–६ स्थित शिवनाथ मन्दिर नजिकको टेलिफोन टावरको छेउँमा भेटिएको हो।

र नेहा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमा बालाडाँगामा घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छन्। घटनाको बिस्तृत विवरण अझै आइसकेको छैन्।

spot_img

ताजा समाचार