हुलाकी राजमार्ग आयोजनामा एमाले नेता सुवेदीले ताकेता

महेन्द्रनगर । कञ्चनपुरको डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजीसम्म हुलाकी सडक निर्माण कार्यमा कार्य ढिलाई भईरहेको हुदा एमाले प्रभावशाली नेता खेम सुवेदीले हुलाकी राजमार्ग आयोजनामा ताकेता गरेका छन ।

एमाले नेता सुवेदीले हुलाकी राजमार्ग निर्माण कार्य ढिलाई भईरहेको बारे हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सबिन जोशीलाई ज्ञापन पत्र बुझाएका छन ।

आयोजना कार्यालय प्रमुख जोशीलाई ज्ञापन पत्र बुझाउँदै सुवेदीले कञ्चनपुर क्षेत्रमा सडक निर्माण कार्य चरम ढिलासुस्ती वेवास्ता भईरहेको स्मरण गराउँदै यथाशिघ्र निर्माण कार्य अघि बढाउन तोकेका गरेका छन ।

कञ्चनपुरको डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजीसम्म हुलाकी सडक निर्माण कार्यमा ठेकेदार र कार्यालयबाट ढिलाई हुँदा दक्षिणी क्षेत्रका स्थानीयहरुलाई कठिनाई भएको छ । एमाले नेता सुवेदीले दक्षिणी क्षेत्रको विकास निर्माणमा पहिल्यैदेखि चासो, चिन्ता, मनन गर्दै आएका छन ।

ताजा समाचार