धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु

महेन्द्रनगर । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिदा भएको दुर्घटनामा बालिकाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको छ ।

पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको हो। बालिका साइकलमा स्कुल जादै गर्दा सडकको लेवल मिलाउदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिइको थियो ।

ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले प्रर्दशन गरिरहेका छन् ।

ताजा समाचार