सिराहामा पेस्तोलसहित दुईजना पक्राउ

महेन्द्रनगर । सिराहा गोलबजार नगरपालिका(११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका(४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका(११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।यस घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

ताजा समाचार