धनगढीमा ग्रेडरको ठक्करले बालिकाको मृत्युपछि विद्यार्थीहरु आन्दोलीत

महेन्द्रनगर । धनगढीमा ग्रेडरले कुल्चिएर छात्राको मृत्यु भएको भन्दै विद्यार्थीहरु आन्दोलीत भएका छन्।

आज बिहान धनगढी ५ तारानगरकी १४ बर्षिया चेतना साउदको हसनपुर पिपलचौतारा नजिक पानिपिच गरिरहेको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिदा साउँदको मृत्यु भएको हो।

पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउद साइकलमा स्कुल जाँदै गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।ग्रेडरले कुल्चिएर छात्राको मृत्युपछि विद्यार्थीहरु आन्दोलीत बनेका छन्।

उनीहरुले केही बेर अगाडी टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्। विद्यार्थीहरुले सो सडक खण्डमा आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका हुन्।

यस्तै हसनपुर क्षेत्रका पसल ब्यवसाय बन्द गराइरहेका छन्। ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरका चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ बर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।भने घटनाको विरोधमा स्थानीयले पनि प्रदर्शन गरिरहेका छन् । 

ताजा समाचार