कञ्चनपुर क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री रमेश लेखकलाई बेलडाँडीमा सम्मान

महेन्द्रनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुर(३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुर्व मन्त्री समेत रहेका नेपाली काँग्रेस नेता मा।रमेश लेखकलाई एक कार्यक्रमका माझ बेलडाँडीमा सम्मान गरिएको छ ।

शुक्रबार बेलडाँडी गाउपालिका वडा नम्बर(२ चवन्नी बजारमा एक कार्यक्रमका विच काँग्रेस नेता कार्यकर्ता र शुभचिन्तकहरूले दोसल्ला र फुलमाला लगाई सम्मान गरिएको छ ।

प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री लेखकले सबैलाई धन्यावाद व्यक्त गर्नुहुँदै जनताको मतलाई कदर हुने ढंगले काम गर्ने बताउनु भएको छ ।

उनले कञ्चनपुर जिल्लाको आर्थिक समृद्धि संग जोडने कार्य मेरो पहिलो प्रााथमिकता भएको समेत बताउनु भएको छ । सो कार्यलाई ५ बर्ष भित्र पूरा गरि छाडने बताए ।त्यस्तै उहाँले काम रोकिएको दैजि बेलडाँडीको सडकको काम अघि बढाउन निर्देशन समेत दिनु भएको छ ।

ताजा समाचार