बैतडीकी मायाको हत्याकाण्डमा आरोपित सशस्त्र प्रहरी जवान महेन्द्रनगरबाट पक्राउ

महेन्द्रनगर। बैतडीकी २१ बर्षिया किशोरी माया लुहारको हत्याकाण्डमा आरोपित भरतराम कोली पक्राउ परेका छन । 

आइतबार बिहान सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । कोलीलाई बिहान १०ः१५बजेतिर पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ परेका सशस्त्र प्रहरी जवानलाई जिप्रकाको हिरासतमा राखिएको छ । १४मंसिरमा बैतडी पञ्चेश्वर गाँउपालिका ४की २१ बर्षिया माया लुहारको विभत्स हत्या गरिएको थियो, भने उनीसंगै रहेकी नेहा लुहारलाई घाईते बनाईएको थियो ।

नेहाकै बयानका आधारमा सशस्त्र प्रहरी जवान कोलीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई बैतडी लगेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । घटना घटेको पाँच दिनमै आरोपित पक्राउ परेका छन ।

ताजा समाचार