बाजुरा प्रतिनिधि सभाबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित

महेन्द्रनगर । बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे निर्वाचित भएका छन्। उनी ३१ हजार ७८६ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् । ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेहका हुन् ।

राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७, समाजवादीका उम्मेदवार रामबहादुर शाहीले ७३ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत पाएका छन्।

ताजा समाचार