अछामको तुर्माखाँदमा जीवन उकास्न बाख्रा सहयोग कार्यक्रम


महेन्द्रनगर । अछामको तुर्माखाँद गाउँपालिका–६ कुनीगडाकी जोधरादेवी कामीको ९ जनाको परिवार छ। आम्दनीका स्रोत नहुँदा उनको परिवारलाई वर्षभरि गुजारा चलाउन हम्मेहम्मे पर्छ। भारतको मजदुरीमै निर्भर हुनुपर्ने बाध्यता छ। पाँचवटा बाख्रा सहयोगमा पाएपछि व्यवसायिक बाख्रापालन गरेर परिवारको गुजारा चलाउने उनमा हिम्मत पलाएकोआम्दानीका अरू स्रोतहरू थिएनन्।

मजदुरी गरेर घरपरिवारको गर्जो टार्दै आएका थियौँ। पहिलो पटक ५ वटा बाख्रा सहयोग पाएकी छु। अब घरको गुजारा चलाउन सकिन्छ भन्ने हिम्मत पलाएको छ’, उनले खुसी व्यक्त गर्दै भनिन्। उनले बाख्राको खोर बनाउनका लागि २० हजार रुपैयाँ सहयोग पनि पाएकी छन्। उनी गाउँपालिकामा दर्ता भएको कुनीगडा बाख्रापालन कृषक समूहमा आबद्ध छिन्। तुर्माखाँद गाउँपालिका–३ की खिन्ता सुनारले पनि बाख्रा सहयोग पाएकी छन्।

‘जीविकोपार्जनका लागि केहि व्यवसाय सुरु गर्नका लागि पैसा थिएन्। बाख्रा सहयोग पाएकी छु। यी बाख्रा व्यावसायिक रूपमा पालेर घरको आर्थिक अवस्था सुधार्छु। घरको गर्जो पनि टर्छ,’ उनले भनिन्। आफूहरू जस्ता गरिब महिलाहरूका लागि बाख्रापालन व्यवसाय बरदान सावित हुने उनले बताइन्।

जोधरादेवी र खिन्ताजस्तै तुर्माखाँद गाउँपालिका वडा नम्बर १ सुजेडा, २ लापाचौर, ३ भालपाटा र ६ कुनीगडा बाख्रा पालन कृषक समूहका ४८ घरपरिवार कृषकले प्रतिपरिवार ५ वटाका दरले बाख्रा सहयोग पाएका छन्। एक वडाका १२ जनाले बाख्रा र समूहका आबद्ध भएका वडाका एक जनाले बोयर जातको बोका सहयोग पाएका हुन्।

ताजा समाचार