चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन गाउँ वस्तीमा पुगे ओम बिक्रम भाट

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क का प्रदेश सभा सदस्य ओम बिक्रम भाट मतदातालाई धन्यवाद दिन गाउँ वस्तीमा पुगेका छन् ।

सत्ता गठबन्धनबाट चुनाव जितेका उनी प्रदेश सभा सदस्य निर्वाचित भएपछि धन्यवादका लागि मतदातासम्म पुगेका छन् ।माओवादी केन्द्रका नेता भाट सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्य चुनाव लडेका थिए ।

प्रतिनिधि सभा सदस्यमा काँग्रेसका नारायण प्रकाश साउँद र प्रदेश ख मा काँग्रेसका बहादुर सिह थापा निर्वाचित भएका छन् । निर्वाचित काँग्रेसका प्रतिनिधि सभा सदस्य साउँद काठमाडौं हिँडि सकेका छन् । प्रदेश सभा सदस्य थापा गृह जिल्लामा छन् ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य भाट भने सत्ता गठबन्धनका साउँद र थापालाई छाडेर एक्लै मतदातालाई धन्यवाद दिन गाउँ वस्ती पुगेका छन् ।

चुनावमा गठबन्धनका सबै नेताले प्रचार गरी मत मागेका मतदाता भाट एक्लै बधाई दिन आएपछि आश्चर्यमा परेका छन् । उनीहरुले गठबन्धन भत्किन लागेको आशंका समेत गर्न थालेको मतदाताहरुले बताएका छन् ।

प्रदेश सभा सदस्य भाटले मतदातालाई चुानवमा सहायोग गरेकोमा धन्यवाद दिदैं आफूले प्रतिवद्धता अनुसार काम गर्ने दोहो¥याएका छन् ।अघिल्लो निर्वाचनमा माओवादी केन्द्रभित्र सहमति हुन नसकेपछि टिकट गुमाएका उनी यस पटक सत्ता गठबन्धनबाट उम्मेदवार भएर निर्वाचित भएका छन् ।

जनतासंग चुनाव अघि बाचा गरे अनुरुप मतदाताका गुनासा, अपेक्षा एव सुझाव संकलनका साथै धन्यवाद कृतज्ञता प्रकट गरिरहेका छन । चुनाव जिते वा हारेपनि कुनैपनि नेता गाँउ नदेखिने गुनासो चिर्दै सरल जनतासंग भलाकुसारीमा छन ।

सरललाई विगतको जस्तै जनताले स्वागत एव सम्मान गरिरहेका छन ।जनताले जितेपछि गाँउ गाँउ आएमा सरले आफुहरुलाई धन्यवाद दिएको भन्दै खुसी व्यक्त गरिरहेका छन ।

ताजा समाचार